कात्तिक १४,२०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजिनामा माग्ने र नमाग्ने गरि बारमा दुई धार देखिएको छ।
बारका अधिकांस सदस्यहरु सर्बोच्च अदालत परिसरमा कालो पटटि बाधेर बसेका थिए।नेपाल बार एसोसिएसन अगुवाइमा बिहान १० देखि ११ बजे सम्म भएको बिरोध कार्यक्रममा कृष्ण प्रसाद भण्डारी , दमननाथ ढुङ्गाना लगायतको समर्थन थियो।
सर्बोच्चकै अर्को कुनामा केहि कानुन ब्यबसायि हरु चोलेन्द्रको समर्थनमा सेतो पटटि बाधेर बसिरहेका थिए।यसरि प्रदर्शन गर्नेहरुमा कानुन ब्यबसायि स्वागत नेपाल र भुमिनन्द चुडाल लगायत थिए।
अन्तर्राष्ट्रिय मानवता विरुद्धको अपराधको विरुद्ध हुने प्रदर्शन शान्तिपूर्ण हुने भएकाले बन्दीको मुद्दा रोक्नु भएको अन्तर्राष्ट्रिय मानवता विरुद्धको अपराध हो । आपतकालीन सेवा पनि रोक्नु भनेको चाहिँ मानवता विरुद्धको अपराधमा पर्छ र त्यसको विरोध सेतो पट्टी बाँधेर गरिन्छ । बेन्च र बार भन्ने एउटा समिति छ त्यसको खारेजी, पार्टीका कार्यकर्तालाई न्यायाधीश बनाएर ल्याउने परिपाटीको अन्त्य बारले पनि गरेन ।
त्यो माग उनीहरुले गरेका छैनन् । प्रधानन्यायाधीशको सवालमा पनि गलत कामहरुको सवालमा राजीनामा मागेर उहाँलाई सजायबाट छुट हुनुहुँदैन । उहाँलाई सजाय कानुनबमोजिम गर्नुपर्छ । राजीनामा दियो भने भत्ता, पेन्सन सबै पाइन्छ । तर, कारबाही गरियो भने भत्ता पेन्सनहरु लिन नपाइने व्यवस्था छ । त्यसैले सजायतर्फ जानुपर्छ । बारको माग भनेको राजनीतिकरणलाई कायमै राख्ने माग छ । पार्टीकै कार्यकर्तालाई ल्याउने माग छ ।
जिल्लाका न्यायाधीश प्रधानन्यायाधीश बन्न पाउनेगरी आउनुपर्छ, पार्टीबाट टिपेर ल्याइनु हुन्न । वकिल हो भने जनताको काम गर्नुपर्छ । हामीले सर्वोच्चमा दारुण चित्र देख्यौँ । मुद्दा लिएर आएका वास्तविक पीडितको कुरा पनि सुनुवाइ भएन । न्याय माग्नेहरूलाई पनि उहाँहरुको स्वार्थले लखेट्ने काम भयो ।
नेपाल बारले प्रधानन्यायाधीश बिरुद्धको आन्दोलन तिन दिन सम्म लगातार गर्ने भएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८