आफ्नै लगानिमा राज्यबाट सुको अनुदान नलिकन लाग्ने कृषिका यस्ता अभियान्तालाइ राज्यले भरपुर सहयोग गर्नु पर्ने देखिन्छ ।
केपी शर्मा – कातिक १४, २०७८
आफूलाई कृषी सैनिकका अभियान्ता भनेर चिनाउन रुचाउने गैंडाकोटका कृषक विष्णु भट्ट विगत एक दशकदेखि कृषी कार्यमा एकोहोरो लागिरहेका छन् ।
उनलाई कृषीबाट हुने घाटा र नाफाको हरहिसाव भन्दापनि कृषीलाई कसरी सार्थकता पार्न सकिन्छ र कृषि केहो भनेर कसरि च्नाउन सकिन्छ भन्ने कुराको चिन्ता लागेको छ । करिव दश वर्ष अघि आफ्नै बारीबाट सुरु गरेको उनको कृषि क्रान्ति चितवन र नवलपरासीका विभिन्न क्षेत्रमा गरेर तिसौँ विघा जमिन सम्म फैलिसकेको छ ।
उँखु,घाँस, वेसार लगायतका उत्पादन सुरु गरेका भट्ट अहिले गिठ्ठामा पुगेका छन् । भट्टले अहिले चार विघा जग्गामा गिठ्ठाको व्यवसायिक खेती गरेका हुन् । वर्षेनी विदेशबाट करोडौँको आलु आयात भएको देखेर चिन्तीत भट्ट आलुलाई प्रतिस्थापन गर्न पनि यो खेतीमा लागेको बताउँछन् ।
विगत तीन वर्षदेखि उनले गिठ्ठालाई उत्पादनको रुपमा प्रयोग गरिहेको छन् । उनले विदेशबाट आयातित हुने आलुको विकल्पमा गिठ्ठालाई प्रयोग गर्न सकिने बताउँदै आएका छन् । उनी भन्छन्,“सिजनमै करोडौँको आलु नेपालमा आयात गरिन्छ । विकल्पमा गिठ्ठालाई प्रयोग गर्ने हो भने पैसा पनि बच्ने र स्वस्थकर खानपनि पाइने । ” उनले उत्पादन गरेको गिठ्ठा अर्गानीक रहेका छन् ।
प्रत्येक घरमा गिठ्ठालाई सजिलै उत्पादन गर्न सकिने भट्ट बताउँछन् । उनका अनुसार एक घरमा १० डल्ला जति गिठ्ठा बारीमा फालिदियो भने वर्षभरीलाई आलुको विकल्पमा खान पुग्ने उत्पादन हुन्छ ।

एक पटक लगाएको गिठ्ठाबाट पटक पटक उत्पादन लिने सकिने उनी बताउँछन् । जमिन मुनि र माथि लहरामा समेत फल्ने भएकाले यसलाई व्यवसायिक रुपमा उत्पादन गराउँदै देशभर बजारीकरण गर्नुपर्नेमा उनको जोड छ । सुगर र प्रेसर रोगीले समेत सजिलै उपभोग गर्न मिल्ने यो गिठ्ठा रानी गिठ्ठाको नामले चिनिन्छ । पकाएर, उसिनेर, पालेर खान सकिने यो गिठ्ठा तितो नहुने उनले बताए ।
तर उत्पादन राम्रै भएपनि बजारमा यो के हो भनेर चिनाउन समय लाग्ने उनको बुझाइ छ । दुई तीन वर्षदेखि लगातार उत्पादन गर्दै आएपनि बजारमा आलुको विकल्पमा चिनाउन भने निकै कठिनाई भएको उनको अनुभव छ । अहिले प्रति किलो रु १०० का दरले आफ्नै फार्मबाट उनले गिठ्ठा विक्रि वितरण गरिरहेका छन् । यसलाई बजारसम्म पुर्याउँदा ढुवानीको रकम जोड्दा थोरै मात्र महङ्गो हुने उनको भनाई छ ।
उनले आफ्नो उत्पादन आफै बजारमा पुर्याउने योजना बुनेका छन् । सोही अनुसार अहिले सम्म आफैले विक्रिवितरण गर्दै आएका छन् । उनले भने,“आफै विक्रिवितरणमा नलाग्दा विचौलिया हावी हुन्छ र उपभोक्ताले महङ्गोमा किन्नुपर्छ । जसले गिठ्ठा महङ्गो पर्ने सन्देश जान्छ । त्यसैले देशभर म आफै विक्रिका लागि खटिएको छु । ”
यसलाई हिमाल पहाड तराई जुनसुकै स्थानमा पनि उत्पादन गर्न सकिने उनी बताउँछन् । तर बढि मात्रामा सुख्खा क्षेत्रमा यसको उत्पादन राम्रो लिन सकिन्छ ।
यसको वेर्ना उत्पादन गर्न र जोसुकैले लगाउन पनि सजिलो छ । चैत वैशाखमा दुई चार डल्ला बारीमा फालिदिएमा पानी परेपछि त्यसैबाट टुसाउने र विस्तारै झाँगिदै जानछ । रोपेको ८ महिना पछि उत्पादन पनि दिन सुरु गरिहाल्छ।

राज्यसँग अनुदान लिने नभइ आफूले दिने बताउँदै आएका भट्टले स्थानीयलाई रोजगारी समेत दिएका छन् । अहिले उत्पादन भएका गिठ्ठा घरबाटै विक्रि भइरहेको बताउने उनले अर्को वर्ष अझै क्षेत्रफल बढाउने योजनामा छन् । पुर्खाले प्रयोग गर्ने गिठ्ठालाई बचाउन र यसलाइ व्यवसायिक गराउने अभियान आफ्नो रहेको उनी बताउँछन । यदि विदेशबाट फर्किएका युवा यस खेतीमा लाग्न चाहे आफूले पूर्ण सहयोग गर्ने भट्टले बताए । उनले अहिले चितवनका चेपाङहरुले खाने जंगलको गिठ्ठा तितो हुने भएपछि आफैले उक्त क्षेत्रका व्यक्तिसँग सहकार्य गरी चेपाङहरुर्लाइ पनि व्यवसायिक रुपमै रानी गिठ्ठा उत्पादनमा लगाउन कार्यक्रम गरिरहेको जानकारी दिए ।
भेडावारीमा श्रीस्वस्थानी घाँस स्रोत केन्द्र तथा वाख्रा फर्म रहेको भट्टले अहिले देवचुलीको पिप्रहर सामुदायिक होमस्टे नजिकैको चार विघामा गिठ्ठा लगाएर विक्रि वितरण गरिहेका हुन् ।
बिदेशबाट फर्किएका युवाहरुले आफ्नो सहकार्यमा काम गर्न चाहेको खण्डमा जुन कुनै तबरले पनि आफु तयार भएको उनि बताउँछन।
राज्यले आर्थिक सहयोग नगरे पनि नैतिक सहयोग गरेमा पनि आफुलाइ आफ्नो लक्षमा पुग्न सजिलो हुने उनको भनाइ छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८