• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पत्रकार र सञ्चार गृहलाइ कुनै भेदभाब गरिने छैन : मुख्यमन्त्री पाण्डे

  • खबरदाता

पत्रकार र सञ्चार गृहलाइ कुनै भेदभाब गरिने छैन : मुख्यमन्त्री पाण्डे

कात्तिक १३,२०७८

 

बागमती प्रदेशका  पाण्डेले पत्रकार र सञ्चार गृहलाइ कुनै पनि बहानामा कहिले पनि भेदभाव नगरिने बताएका छन।

नेपाल पत्रका महासंघ बागमती प्रदेशले आयोजना गरेको प्रथम प्रादेशिक सम्मेलनलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

अघिल्लो सरकारले आफु माहततका पत्रकार र सञ्चार गृहलाइ बाड्न र सरकारले आफ्नै मेडिया खोल्न बिनियोजन गरेको १० करोड रुपैया आफ्नै बिरोधका कारण खर्च नभएको र अबको सरकारले त्यसलाइ भरपुर सदुपयोग गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै पाण्डेले चितवनको भरतपुरमा आम सञ्चार प्रतिस्ठान खोल्न सरकार सकारात्मक रहेको बताए ।

पत्रकारहरुको माग अनुसार बागमती प्रदेश स्तरिय कार्यालय हेटौंडामा खोल्ने कुरालाइ पनि सरकारले सकारात्मक रुपमा लिएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै मुख्य मन्त्री पाण्डेले आफ्ना प्रस्ताव सहित मुख्य मन्त्री कार्यालयमा आउन समेत पत्रकारलाइ आग्रह गरे।

पत्रकारको बिमा , तालिम, क्षमता वृद्धिबिकासका लागि समेत प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो।
सम्बिधान रक्षा ,संसदको रक्षा र समाबेसि लोकतन्त्रको लागि आफु सधै उभिने र जो पत्रकारले त्यसको पक्षमा लेख्छ त्यसैलाइ मात्र प्रदेश सरकारले माया गर्ने उनले बताए ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछिको पहिलो कार्यक्रममा बोलेका पाण्डेले देशको रक्षाका लागि पत्रकारको भुमिका सधै अग्रस्थानमा रहने बताए ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७८, शनिवार ११:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८