• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

निगमले  पेट्रोलिय र ग्यासको मूल्य बढायो

  • खबरदाता

निगमले  पेट्रोलिय र ग्यासको मूल्य बढायो

कात्तिक १३,२०७८

नेपाल आयल निगमलेम पेट्रोलिय पदार्थ र ग्यासमा मूल्य वृद्धि गरेको छ ।

भारतिय आयल निगमलेनै मुल्य वृद्धि गरेपछि यहाँ पनि मुल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा वृद्धि गरिएको जानकारी दिएको हो ।

शुक्रबार राती १२ बजेदेखिनै लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गर्दा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ ।

यता खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ । योसँगै खाना पकाउने एलपी ग्यासको खुद्रामा अब प्रतिसिलिण्डर १५ सय पुगेको छ।

त्यस्तै आन्तरिक तथा बाह्य हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्याउने निर्णय भएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर ८५३ पुगेको छ ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७८, शनिवार ००:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८