कात्तिक १२, २०७८ ।
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर ५ विकास चोक बस्ने वर्ष ४६ की सूलोचना ढकाल रहेका चितवन प्रहरीले जनाएको छ । ढकाल गुञ्जानगर मावि भरतपुरकी शिक्षिका समेत हुन् ।
शुक्रवार करिव २ बजेर १० मिनेटेका समयमा मंगलपुरबाट चौविसकोठी तर्फ आउँदै गरेको ग ३ च ४०३८ नम्वरको बोलेरोले सोही दिशाबाट आउँदै गरेको ना ६० प ९९०७ नम्वरको स्कुटरलाई कल्याणपुरमा ठक्कर दिँदा उक्त र्दुघटना भएको हो ।
दुर्घटनामा घाइते ढकाललाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८