कात्तिक १२,२०७८
नेपाल बार एसोसिएसन पेरिसर भित्रै भिडन्त भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ।
शुक्रबार दिउँसो वकिल बिराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो । दुइ वकिल बिच हानाहान भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ।
चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार मिडिया सामु राख्दै गर्दा अर्का वकिल न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेपछि दुबै बिच मुक्का हानाहान भएको हो।
न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् ।
प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने भन्दै बार कार्यसमिति बैठक अहिले बसिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८