कात्तिक १०,२०७८
नेकपा (एकीकृत समाजवादी) बागमति प्रदेश संसदीय दलका नेता सांसद राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका छन।
आजै पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँ र जनता समाजवादी पार्टी सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि पाण्डेले दाबी पेस गरेका हुन् ।
माओवादी केन्द्रका २३ , कांग्रेसका २२ , नेकपा (एस)का १३ र जसपाका १ सांसद गरी ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा उनले दाबि गरेका हुन।
बुधबार वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकि हुन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८