• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

२४ वर्षीया महिलाले चार बच्चा जन्माईन्


२४ वर्षीया महिलाले चार बच्चा जन्माईन्

कार्तिक १०, २०७८ । नेपालमै एक महिलाले चार जना बच्चा जन्माइएकी छिन् । उनी पाल्पा जिल्ला माथागढी गाउँपालिका १ चिदीपानीकी २४ वर्षीय सीता सार्की हुन् ।

कार्तिक ६ गते अस्पताल भर्ना भएकी उनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै पटक ४ शिशुहरूको जन्म दिएकी हुन् ।

उनी कात्तिक ६ गते अस्पताल भर्ना भएकी थिइन् । जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शल्यक्रिया मार्फत सुत्केरी गराएको उनको पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ ।

  • प्रकाशित मिति : कात्तिक १०, २०७८, बुधवार १०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८