कात्तिक ७,२०७८
नेपाली काङ्ग्रेसले प्रदेश सभा बैठक रोक्न माग गरेको छ।
काङ्ग्रेसले प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आइतबारका लागि रोक्न माग गर्दै निवेदन दिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ का जिल्ला निरीक्षण रहेको भन्दै कांग्रेसले आजका लागि बैठक स्थगित गर्न माग गरेको जनाएको छ । तर त्यसो नभइ कांग्रेसले भावी मुख्यमन्त्रीमा भाग खोज्दै त्यस विषयमा छलफल गर्न बैठक स्थगित गर्न माग गरेको बुझिएको छ।
सत्ता गठबन्धनभित्र बागमती र प्रदेश नम्बर १ मा मुख्यमन्त्री नेकपा ९एकीकृत समाजवादी० लाई दिने सहमति भएको बताइए पनि प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नका लागि आफूहरुको माग रहेको पनि प्रस्ट पारे ।
उनले गठबन्धनप्रति आफुहरु प्रतिवद्ध रहेको बताएका छन। एमाले नेतृत्वको सरकारलाई जोगाउन काङ्ग्रेसको कुनै पनि भूमिका नरहने बताउँदै प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसले आलोपालो गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताएका छन।
यसबारे थप छलफल गर्नका लागि नै काङ्ग्रेसले आइतबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८