कात्तिक २,२०७८
जिवन बिमा कम्पनी मध्ये सम्झनै पर्ने नाम सिटिजन लाइफ इन्स्योरेन्स । जसले आज सफलतापुर्बक आफ्नो स्थापनाकालको चौथो बर्ष पुरा गरेको छ।
स्थापनाको दिवसको अवसरमा चितवनको नारायणगडमा रहेको शाखाले पनि एक कार्यक्रमको आयोजना गरि मनाएको छ।
सिटिजनसंग आवद्ध कर्मचारी , एजेन्सी म्यानेजर , तथा एजेन्सीहरुको उपस्थितिमा केक काटेर स्थापना दिवस मनाइएको हो। कार्यक्रममा शाखाका प्रमुख गोकर्ण बहादुर कार्कीले संस्थाको बारेमा प्रकाश पारेका थिए।उनले लिडर्सहरुको साथ र सहयोगले कम्पनीले सफलताका साथ आफ्नो चार बर्ष पुरा गर्न सफल भएको बताए ।
शिक्षाबिद तथा कम्पनीका एजेन्सी म्यानेजर भानु प्रसाद उपाध्यायले केक काटेर कम्पनीको सफलताको कामना गरे। अर्का एजेन्सि म्यानेजर गोबिन्द पौडेलले कम्पनीले अब आउने दिनमा अझ राम्रो काम गर्दै जिवन बिमा कम्पनी मध्ये उत्कृष्ट बन्नुपर्ने धारणा राखेका थिए।
सिटिजनको नारायणगड शाखाले विभिन्न सामाजिक कार्य गर्दै बिमा केहो भन्ने बारेमा जनचेतना समेत फैलाउदै आएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८