कात्तिक १, २०७८
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली झण्डै दुईतिहाई बहुमतको सरकारबाट हटेर अहिले प्रमुख विपक्षी दलको नेतामा सिमित भएका छन् ।
यो हुनुमा नेता माधवकुमार नेपालसँगको टकराब त मुख्य कारण हो नै त्यो भन्दा पनि अध्यक्ष ओलीको व्यवहार र कार्यशलीलाई नै मानिसहरुले जिम्मेवार ठानेका छन् । चार दशकसम्म एउटै पार्टीमा रहेर कार्य गर्दै आएका नेता नेपाल पक्ष छुट्टिएर जाँदासम्म पनि ओली आफूलाई अलिकति पनि त्यसको जिम्मेवार ठान्दैनन् । सबै दोष नेता नेपाललाई नै थोपरेर चोखो हुन खोजे ।
राजनीतिकका जानकारहरु मुलुकको राष्ट्रिय राजनीति विथोलिनुमा ओलीलाई मुख्य पात्र मान्दछन् ।दुई तिहाईको सरकार ढल्नुमा मात्रै होइन नेकपासँगै एमाले पनि विभाजन हुनुमा ओलीको एकलौटी कार्यशीलीलाई नै जिम्मेवार ठान्दछन् । तर ओलीले यसलाई लिएर कतिपय सार्वजनिक र आन्तरिक रुपमा आत्मालोचना गरेको देखिएन ।
पार्टीमा ओपचारिक छलफल नगरी ओलीले विधान महाधिवेशनको मञ्चबाट अचानक बुटवलमा पार्टीको १० औ राष्ट्रिय महाधिवेशन गर्ने घोषणा गरेपछि नेताहरु झनै रुष्ट बनेका छन् । यस्ता विषयहरुमा पार्टी बैठक डाकेर समिक्षा गर्नुपर्ने थियो । तर ओलीले बैठक बसेर छलफल गर्नुपर्छ भनेर महत्व नै दिएनन् ।
एमाले विभाजनपछि पनि उनको कार्यशैली उस्तै नै छ । पार्टीले ठूला ठूला कार्यक्रम र समारोह गर्दा पार्टीको बैठक बसेर त्यसको सम्पूर्ण पक्षको मूल्याङकन गर्ने पद्धती भए पनि अध्यक्ष ओलीले त्यसको कहीकतै कार्यान्वय गरेको देखिदैन ।
बैठक यथासिघ्र बसेर त्यसको पनि समिक्षा गर्ने र आउने महाधिवेशन कसरी जाने हो त्यसको पनि तयारी गर्नु पर्ने उपाध्यक्ष भीम रावलको भनाईछ ।
एमाले अध्यक्ष ओलीको सामु आफ्नो गुटमात्र होइन, एउटै पार्टी भए पनि फरक गुटबाट अन्तिम समयमा जोडिएका र नेकपा माओवादी त्यागेर आएका नेताहरुको व्यवस्थापन चूनौतीको रुपमा खडा छन् ।
केही समय अगाडि गरिएको विधान महाधिवेशन एमालेका लागि पहिलो थियो पार्टीको आन्तरिक राजनीतिक जीवन सन्तुलित भईनसकेको बेला हतारमा गरिएको विधान महाधिवेशनमा अनेक त्रृटीहरु देखिए । व्यवस्थापनदेखि विचार एक बनाउने मामिलासम्म फरक मत जन्मिए ।
महाधिवेशन आयोजना गर्दा देखिएका कमि कमजोरीबारे तत्कालै छलफल गर्नुपर्ने भए पनि यसमा ओलीले वेवास्था गरेको उनी पक्षकै नेताहरुको आरोप छ ।तर, एमाले विभाजन भईसकेपछि बैठक डाक्न अध्यक्ष ओलीलाई आग्रह गर्ने हिम्मत नेताहरुमा देखिदैन ।लामो समय आन्तरिक कलह पछि विभाजित एमालेमा बैठकलाई प्राथमिकता नदिनुले ओली पुरानै शैलीमा हिँड्न लागेको देखिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८