असोज २५,२०७८
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सुकुम्वासी माथि गोली चलाउनु अशोभनीय र गलत कार्य भएको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा डा. भट्टराईले लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु स्वतन्त्र रहेको भन्दै आन्दोलनकारी माथि गोली चलाइनु सरकारको गलत कार्य भएको बताए ।
सुकुम्वासीहरुको समस्या समाधानमा कुनैपनि सरकारको स्पष्ट नीति नहुँदाको परिणाम अहिले सुकुम्बासीले भोग्नुपरेको बताउँदै डा. भट्टराईले वास्तविक सुकुम्वासीको पहिचान गरेर तत्काल दीगो समाधान खोज्न आग्रह गरे ।
आफू सरकारमा रहँदा उक्त सुकुम्बासी समस्या समाधानको प्रयास गरेको बताउँदै छोटो अवधि भएको र विरोध धेरै भएकाले सो कार्य पूरा गर्न नसकेको उनको भनाई थियो ।
बुटवलको मोतिपुरमा कतिपय हुकुम्वासी रहेको बताउँदै सो कुराको छानविन गर्नुपर्नेमा गोली चलाइनु समाधान नभएको उनले बताए ।
सरकार विस्तारमा देखिएको विवाद ओली प्रवृत्ति जस्तै हुन लागेको भन्दै अहिलेको गठवन्धन सरकार विल्कुल फरक र विवाद रहित हुनुपर्नेमा उनको जोड थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८