• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तयार भयो चोभार सुक्खा बन्दरगाह


तयार भयो चोभार सुक्खा बन्दरगाह

असोज  २२,२०७८

 

सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ ।

२०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको चोभार सुक्खा बन्दरगाह झन्डै ३ वर्षमा निर्माण सम्पन्न भएको हो । १८ महीनामा सम्पन्न गर्नेगरी सम्झौता भए पनि कोरोना भाइरस ९कोभिड १९० लगायत कारणबाट निर्माणमा ढिलाइ भएको थियो ।

२२० रोपनी जग्गामा फैलिएको यो बन्दरगाह निर्माणका लागि रू। १ अर्ब २८ करोड लागत अनुमान गरिएको थियो तर निर्माण सम्पन्न भइसक्दा भने करिब डेढ अर्ब खर्च भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह सञ्चालनको तयारी भइरहेको जानकारी दिए । बन्दरगाह निर्माण भइसकेको भन्दै उनले अब यहाँ भन्सार, क्वारेन्टाइन, सुरक्षासम्बन्धी व्यवस्था, बैंक जस्ता स्टेक होल्डरहरू ल्याउने तयारी भइरहेको बताए ।

‘यो बन्दरगाह नाकाभन्दा टाढा भएको हुँदा वीरगञ्जको बन्दरगाह हुँदै सामान काठमाडौं ल्याउनुपर्छ,’ गजुरेलले भने, ‘त्यसमा सुरक्षाका विषयदेखि भन्सारले गर्ने तयारीहरूसम्म पर्छन् ।’ कहिलेदेखि सञ्चालन गर्न सकिन्छ अझै यकिन नभएको उनको भनाइ छ । यो सुक्खा बन्दरगाहमा तीनओटा गेट, तीनओटा भवन ९भन्सार, क्वारेन्टाइन र प्रशासनिक०, तीनओटा ठूला गोदाम, भन्सार प्रयोजनका लागि संरचना, पार्किङ र्‍याड, कन्टेनर पार्किङ र्‍याड निर्माण भई तयारी अवस्थामा छन् ।

यसैगरी उक्त बन्दरगाहमा ५०० ओटा कन्टेनर पार्किङ गर्न सकिन्छ भने सोही संख्यामा अन्य सवारीसाधनहरू पनि पार्किङ गर्न सकिन्छ । बन्दरगाह बनेसँगै काठमाडौंका व्यवसायीहरूले आफ्ना सामान यही ल्याएर उपभोक्तालाई छिटो अवधिमै उपलब्ध गराउन पाउनेछन् । यसले लजिस्टिक मूल्य पनि घटाउन मद्दत गर्छ । वीरगञ्ज बन्दरगाहबाट सीधै चोभार बन्दरगाहमा सामान ल्याउँदा केकतिले लजिस्टिक मूल्य घट्छ भन्ने विषयमा पनि अध्ययन गरिने उनको भनाइ छ ।आर्थिक अभियानबाट

  • प्रकाशित मिति : असोज २२, २०७८, शुक्रवार ००:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८