असोज २१,२०७८
नेकपा एकीकृत समाजबादिले आज पनि सरकारमा जाने मन्त्रीहरुको छनौट गर्न सकेन।
गठबन्धन सरकारमा नेकपा एसले ४ मन्त्रालय पाएको छ। जस अन्तर्गत शहरी बिकास, स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरिक उड्डयन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेकपा एसले पाउने भएको हो।आजै मन्त्रिहरूको नामा टुङ्गो लगाउने भनिए पनि भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले मात्र मन्त्रीहरूको नाम टुङ्गो लगाउने भएको छ ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार भोलि बस्ने केन्दीय सचिवालयको बैठकले मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ ।
साथै पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताउनुभयो । यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उनले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८