• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बाघले आक्रमण गर्दा चितवनमा एक वेपत्ता


बाघले आक्रमण गर्दा चितवनमा एक वेपत्ता

असोज १९, २०७८
बाघले आक्रमण गर्दा चितवनमा एक युवक वेपत्ता भएका छन् ।

पूर्वी चितवनको खैरहनी स्थित कुमरोज सामुदायिक वनमा घाँस दाउरा गर्न गएका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मंगलवार विहान स्थानीय ७, ८ जना युवाहरुको समूह घाँसदाउरा गरिरहेको अवस्थामा बाघले आक्रमण गरेको खैरहनी १३ का वडासदस्य चन्द्रलाल चौधरीले जानकारी दिए । बाघले बोटेलाई आक्रमण गरेपछि ज्यान जोगाउन अन्य भने भागेर थिए ।

अहिले निकुञ्ज प्रशासन, नेपाली सेना सहितको टोलीले सात वटा हात्तीको प्रयोगबाट खोजी कार्य जारी राखेको चौधरीले बताए । तर हालसम्म उनी फेला पर्न सकेका छैनन् ।

  • प्रकाशित मिति : असोज १९, २०७८, मंगलवार ०८:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८