असोज १८, २०७८
मंगलवार भोलि भरतपुरका तीन स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार तीन वटा फिडर अन्तर्गतका स्थानहरुमा लाइन नआउने भएको हो ।
इन्जिनियर राजेन्द्र पौडेलका अनुसार औद्योगिक दुई फिडर, भृकुटी फिडर र कल्याणपुर फिडर अन्तर्गतका स्थानमा विहान ८ बजेदेखि साँझ ६ बजेसम्म लाइन जानेछ ।
औद्योगिक फिडर अन्तर्गत शिवघाट, रामघाट,बाह्रघरे, नाराणगढ क्षेत्रका औद्योगिक प्रतिष्ठानहरुमा मात्र लाइन जानेछ।
त्यस्तै भृकुटी फिडर अन्तर्गत नारायणगढको सहिदचोकबाट पूर्वतर्फ, क्षेत्रपुर र आँपटारी लगायत आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।
त्यस्तै कल्याणपुर फिडर अन्तर्गत स्मल हेभन, कल्याणपुर, तोरीखेत, कैलाशनगर लगायतका क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ ।
कार्यालय प्रमुख राजीव सिँहका अनुसार ४ थान नयाँ ब्रेकरर भिसीबी परिबर्तन गर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो ।भिसिबि र लोड ब्रेकर पूरानो भइसकेका र कम क्षमताका पनि भएकाले नयाँ फेर्न लागिएको उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८