• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको विधान महाधिवेशन : ओली झन् शक्तिशाली !

  • खबरदाता

एमालेको विधान महाधिवेशन : ओली झन् शक्तिशाली !

असोज १६,२०७८

नेकपा एमालेले पहिलो पटक विधान महाधिवेशनेको अभ्यास गरेको छ । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरूभइ तीन दिनसम्म चल्ने यस महाधिवेशनमा ६ हजार प्रतिनिधिलाई दश समूहमा विभाजित गरिएको छ । विधान महाधिवेशनको पहिलो दिन प्रतिवेदनमाथि छलफल गर्न बनाइएको समूह संख्या र दिइएको समयले हेर्दा पनि प्रतिवेदनहरू माथि पर्याप्त छलफल हुने संभावना छैन ।

एक समूहमा औसत ६ सय जना हुनेछन् । १० वटा समूहलाई शनिबार आठ बजेदेखि चार घण्टाभित्र समूहगत छलफल गर्न समय दिइएको छ । स्थायी कमिटी र केन्द्रीय कमिटीमा जस्तै विधान महाधिवेशन हलबाट पनि प्रस्तावित प्रतिवेदनमा तलमाथि नहुने अनुमान गरिएको छ।

अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले स्थायी कमिटी र केन्द्रीय कमिटीमा पेश गरेकै प्रतिवेदन केही हेरफेरसहित विधान महाधिवेशन हलमा पेश गरेका छन् । अध्यक्ष ओलीले राजनीतिक प्रस्तावमा जनताको बहुदलीय जनवादलाई मार्ग दर्शक सिद्धान्तको रुपमा प्रस्तुत गरेका छन् । दशबुँदे सहमति गरी एमालेमै बसेका नेताहरुले ओलीको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाएका छन् ।

एमालेले विधान महाधिवेशनलाई एमालेले एकता र शक्ति प्रदर्शनको सन्देश समेत दिन खोजेको छ ।नवौं महाधिवेशनमा एमालेका हर्ताकर्ताहरुले यो महाधिवेशन नआउँदै पार्टी छाडेपछि मुख्य नेतृत्वमा अध्यक्ष ओली हावी देखिएका छन् । ओली प्रतिवेदन प्रस्तुत गरिरहँदा समकक्षी नेताहरु झयाप्पझयाप्प निदाएका थिए ।

नयाँ विधानमा अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने प्राब्धान प्रस्ताव गरिएका छन् ।एक महासचिव, ५ उपाध्यक्ष र ६ सचिवको प्रस्ताव गरिएको छ। बैचारिक फरक मतमा पनि छलफल हुने ओली पक्षका नेताहरुको दावी छ । सहभागी प्रतिनिधिहरुले ३ दिने सम्मेलनपछि पार्टी भित्रका मतमतान्तर सेलाएर जाने अपेक्षा गरेका छन् ।

विधान महाधिवेशनको तामझाम भने एमालेका यस अघिका कुनै पनि महाधिवेशन भएको थिएन। गोदावरीको सभाहलदेखि सडक चोकसम्म अध्यक्ष ओलीकै तस्बिरको तामझाम देखियो । नेता कार्यकर्ताहरु पनि ओलीकै तस्बिर वरिपरि तस्बिर खिचाइरहेका थिए ।

ओेली हावी हुनुभन्दा अघिसम्म एमालेले हरेक महाधिवेशनमा पार्टीका संस्थापक पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको सामूहिक तस्बिर राख्दथ्यो ।तर यसपटक जताततै ओलीमय छ। यस्तो लाग्छ एमाले सामूहिक निर्णयमा होइन व्यक्ति शक्तिमा आधारित पार्टी बन्दैछ ।

  • प्रकाशित मिति : असोज १६, २०७८, शनिवार ०१:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८