• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शक्तिखोरमा यसै वर्षभित्र औद्योगिक क्षेत्र बनाइने

  • खबरदाता

शक्तिखोरमा यसै वर्षभित्र औद्योगिक क्षेत्र बनाइने

 

केपी शर्मा   – असोज १६, २०७८

नेपाल सरकारले यसै आर्थिक वर्षमा चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले शक्तिखोरमा निर्माण गरिने औद्योगिक क्षेत्रको काम शून्यमै छ भन्ने हल्ला मात्रै भएको तर गति लिन भने नसकेको स्वीकारे । केही काम भइरहेको बताउँदै सचिव पोखरेलले चालु आर्थिक वर्षमा आकार दिनेगरी काम गर्ने योजना रहेको बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिवतन उद्योग संघको परिसारमा गरेको औद्योगिक करिडोरका उद्योगीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले पूर्व पश्चिम राजमार्गको करिव बीच भागमा रहेको र राजधानीबाट समेत नजिक रहेको भन्दै सरकारले चितवनमा औद्योगिक क्षेत्र निर्माणमा विशेष चासो दिएको उनको बताए ।

करिडोरलाइ चाँडै संचालनमा ल्याउने गरी काम गर्ने बताउँदै केही प्राविधिक कारणले मात्रै काम अघि बढ्न नसकेको उनको भनाई थियो । यसै वर्षमा एउटा मोडलमा लैजानेगरी काम हुने उनले दाबि गरे।

पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रधानमन्त्री हुँदा २०७३ फागुन ३ गतेको मन्त्रिपरिषद्ले औद्योगिक क्षेत्रको निर्णय गरेको थियो। शक्तिखोरमा एक हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाइँदैछ । सो क्षेत्र पूर्वमाओवादी लडाकुको शिविर हो।

३७ अर्ब लागतमा बनाइने उक्त क्षेत्रमा १८ प्रकृतिका ७ सय २२ उद्योग रहने गरी डिजाइन गरिएको छ । यसको २५ प्रतिशत क्षेत्रमा हरियाली पार्क हुनेछ भने अपार्टमेन्ट, खेलमैदान, अस्पताल, हेलिप्याडलगायतका संरचना बनाइने छ ।

तत्कालीन नेकपा माओवादीको लडाकु शिविर रहेको यस क्षेत्रमा अहिले नेपाली सेना बस्दै आएको छ । अहिले नेपाली सेना रहेको उक्त ठाउँमा करिब २० प्रतिशत जमिन नेपाली सेनाले उपयोग गर्छ । ४२ प्रतिशत क्षेत्र उद्योग, २ प्रतिशत वाणिज्य र ६ प्रतिशत आवासका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ।

देशमा उद्योग कलकारखाना विकासका लागि सरकारले विशेष योजना सहित करिडोर र ग्राम गरी दुई प्रकारको बाटोबाट अगाडि बढेको सचिव पोखरेलले बताए ।
उद्योग तथा उद्योगी व्यवसायीलाई सरकारले संरक्षण भन्दापनि प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गराउन सक्रिय रहेको बताउँदै अव जग्गा किनेर उद्योग चलाउन नसक्ने उनको भनाई थियो ।

त्यसैले गर्दा सरकारले जग्गा उपलब्ध गराउँदै पानी,ढल निकास, विद्युत लगायतको पूर्वाधार बनाइदिने र वाँकी उद्योगीले निर्माण गरेर संचालन गर्ने वातावरण बनाउन सरकार लागि परेको पोखरेलले जानकारी दिए ।

पछिल्लो समय दक्ष जनशक्तिको अभावले उद्योगमा समस्या भइरहेको बुझेर सरकारले पोखरा युनिभर्सिटी र सिटीईभिटीबाट युवाहरुलाई पढाउने गरी सम्झौता गरेको बताउँदै यसले देशका उद्योग कलकारखानाका लागि आवश्यक जनशक्ति उत्पादन हुने उनको दावी थियो ।

सातै वटै प्रदेशमा औद्योगिक मजदुरहरु उत्पादन गर्ने र सरकारले तोके अनुुसारको सेवा सुविधा दिएर हायर गर्न सक्नेगरी काम अगाडि बढाउने पोखरेलले बताए ।
कार्यक्रममा उद्योगीहरुले वर्तमान समस्या, चुनौति र अवसर तथा ऐन नियमका समस्या समाधान गर्न माग गरेका थिए ।

कार्यक्रममा उद्योगीहरुले वर्तमान समस्या, चुनौति र अवसर तथा ऐन नियमका समस्या समाधान गर्न माग गरेका थिए । कार्यक्रममा उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,बागमति प्रदेश उद्योग परिसंघका अध्यक्ष ऋषिराम घिमिरे, उद्योग विभागका महानिर्देशक जीवलाल भुषाल लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए।

  • प्रकाशित मिति : असोज १५, २०७८, शुक्रवार २३:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८