• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हैदरावादको सिजनको दोस्रो जित

  • खबरदाता

हैदरावादको सिजनको दोस्रो जित

असोज १२,२०७८

सनराइजर्स हैदरावादले यस सिजनको आइपिएलमा दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा सन राइजर्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको हो ।

राजस्थानले छाडेको १६५ रनको लक्ष्य पछ्याएको हैदरावादले ९ बल बाँकी रहँदा तीन विकेट गुमाएर १६७ रन जोड्यो । हैदरावादलाई जित दिलाउने क्रममा सिजनको पहिलो खेल खेली रहेका जेसन रायले ४२ बलमा ६० तथा केन विलिम्सनले ४१ बलमा ५१ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेटको क्षतीमा १६४ रनको योगफल खडा गरेको हो । राजस्थानका लागि कप्तान सञ्जु सामसनले ५७ बलमा ८२ तथा यशश्वी जयसवालले २३ बलमा ३६ रन जोडे । पराजित राजस्थान ८ अङ्क सहित छैटौँ स्थानमा छ । चौथो स्थानमा रहेको कलकत्ता नाइट राइडर्स, पाँचौँ स्थानमा रहेको पन्जाब किङ्स, छैटौँ स्थानको राजस्थान र सातौँ स्थानमा रहेको मुम्बई इन्डीयन्सको बराबर आठ अङ्क छ ।

  • प्रकाशित मिति : असोज १२, २०७८, मंगलवार ०१:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८