असोज १२,२०७८
झापाका दुई शिक्षकले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा भाग लिइ जित हासिल गरेका छन।
गौरीगञ्ज गाउँपालिकामा नेपाली काँग्रेस पार्टीको गाउँपालिका सचिव पदका लागि शिक्षा ऐन विपरित दुइ जना वहालवाला प्राधानाध्यापक हरु निर्वाचित भएका छन् ।
गौरीगञ्ज गाउँपालिकामा रहेको गौरीगञ्ज आधारभुत प्राविका प्राधानाध्यापक हरिलाल यादव र आधारभुत जनकल्याण प्राविका प्रधानाध्यापक गोपाल प्रसाद ताजपुरिया ले पार्टीको सचिव पदका लागि उम्मेदवारी दर्ता गराइ निर्वाचित भएका हुन् । ।
शिक्षा ऐन र नियमावली विपरित बहालवाला प्राधानाध्यापक हरुले शनिबार उम्मेदवारी दर्ता गराएपछि पार्टीकै प्रतिद्वन्दी हरुले उम्मेदवारी दर्ता उपर दाबी बिरोध को उजुरी दर्ता गराएको थियो । तर पार्टी बिधानमा प्रधानाध्यापकले उम्मेद्वार हुन नपाउने कुनै नियम नरहेकाले उम्मेदवारी सदर गरिदिएको निर्वाचन अधिकृत गोविन्द घिमिरेले बताएका।
आईतबार भएको पार्टी निर्वाचनमा हरिलाल यादव ७७ मतले र गोपालप्रसाद ताजपुरिया ७४ मतले निर्वाचित भएका हुन।
शिक्षा ऐन २०५८ को दफा १६ को उपदफा ५ को नियम ६ मा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरु कुनैपनि राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारी लाई पदबाट हटाइने व्यवस्था गरिएको छ ।
शिक्षक जस्तो गरिमामय पदमा आसिन बहालवाल शिक्षकले सक्रिय राजनीतिमा भाग लिन नपाउने शिक्षा ऐन, २०२८ संसोधन सहित को दफा १६ को उपदफा ५ मा उल्लेख छ। उल्लेखित व्यवस्थाशिक्षा ऐन २०२८ को दफा १६ हुँदा हुँदै सो ऐनको उलंघन गरी गौरीगञ्जका दुइ जना वहालवाला प्राधानाध्यापक हरु पार्टी को सचिव पदका लागि चुनाबमा होमिएका थिए । ऐन तथा नियमावलीमा भएका व्यवस्था पालना नगर्ने शिक्षकलाई शिक्षा नियमाली, २०५९ संसोधन सहितको परिच्छेद २३ नियम १३८ को उपनियम ९१० बमोजिम कारवाही हुने व्यवस्था छ ।
काँग्रेसको १४ औ महाधिवेशनमा गौरीगञ्जका विभिन्न सामुदायिक विद्यालय हरुबाट करिब आधा दर्जन शिक्षक हरु पार्टीको कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।
पार्टी को बिधान भन्दा शिक्षा ऐन र नियमावली ठुलो हो । देशको ऐन र कानुन विपरित राजनीतिक दलका कार्यकारिणी पदमा निर्वाचित भएका शिक्षक कर्मचारी हरुलाई शिक्षा समिति गौरीगञ्ज वा जिल्ला शिक्षा समन्वय ईकाई झापाले कार्वाहि गर्ला त रु या उनिहरु शिक्षक कर्मचारी पदबाट स्वत राजिनामा देलान रु यो त हेर्न बाँकी नै छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८