• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुर काङ्ग्रेसको सभापतिमा चित्रसेन बिजयी

  • खबरदाता

भरतपुर काङ्ग्रेसको सभापतिमा चित्रसेन बिजयी

असोज ११,२०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको निर्बाचनमा चित्रसेन अधिकारी बिजयी भएका छन् ।

आइतबार अबेर आएको मत गणनाको अन्तिम विवरण अनुसा चित्रसेन अधिकारिले ६४९ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे । चित्रसेनले १०३ मत बढी ल्याएका हुन।

महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन् ।

यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र बिजय घले बिजयी भएका छन् । न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन् । महानगर सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले बिजयी भएका छन् । गुरुङले ५४६ तथा बगालेले ४५६ मत प्राप्त गरेका छन् ।

उता सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल बिजयी भएका छन् । पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरेका छन् ।

  • प्रकाशित मिति : असोज ११, २०७८, सोमवार ०१:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८