असोज ९, २०७८ । नेपाली काँग्रेस भरतपुर महानगरपालिकामा पाँच जना प्रत्यासीहरुले सभापति पदमा आआफ्नो उम्मेदवारी दर्ता गराउने भएका छन् । केन्द्रीय निर्णय अनुसार महानगरमा आज चुनाव गर्ने भनिएतापनि मतदान भने आइतवार मात्रै हुने भएको छ ।
आज प्रतिस्पर्धीहरुले आआफ्नो उम्मेदवारी दर्ता गराउने तालिका अनुसार उनीहरु विश्वप्रकाश माविमा पुगेका थिए ।

विहान ९ बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता र फिर्ता लिने कार्यतालिका रहेको छ । सोही अनुसार सभापतिमा उम्मेदवारी दिनेहरु आआफ्नो समूह सहित उक्त स्थानमा दलवलका साथ प्रचारप्रसारमा लागेको देख्न पाइन्छ । यस पटक भरतपुर महानगरमा सभापतिको दावेदारीमा पाँच जनाले आफूलाई अगाडि सारेका छन् ।

जसध्ये अर्जुन प्रसाद रिजाल, हिरामणी अधिकारी, चित्रसेन अधिकारी, भरत अधिकारी र बचन कार्की रहेका छन् । सवैले आआफ्नो पल्लाभारी भएको दावी गरेका छन् ।

तपाईको एजेण्डा के हो भनेर खबरमुलुकले फिल्डमै गरिएको प्रश्नमा सभापतिका दावेदारहरु यसरी सुनाएका छन् ।
हेर्नुहोस भिडियो
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८