असोज ६,२०७८
पन्जाब किङ्स माथि नाटकीय जित पार्दै राजस्थान रोयल्स आइपिएलको अङ्क तालीकाको पाँचौँ स्थानमा उक्लेको छ । मङ्गलवार सारजहाँमा भएको खेलमा १८६ रनको लक्ष्य पछ्याएको पन्जाबले ४ विकेटको क्षतीमा १८३ रन जोड्यो । पन्जाबका लोकेश राहुल र मायंक अग्रवालले ११.५ ओभरमा पहिलो विकेटका लागि १२० रनको साझेदारी गरे ।
राहुलले ३३ बलमा ४९ तथा अग्रवालले ४३ बलमा ६७ रन जोडे । यी दुई आउट भए पछि भर्खरै श्रीलङ्कामा भएको श्रीलङ्कामा सानदार प्रदर्शन गरेका दक्षिण अफ्रिकी ब्याट्सम्यान आइडन मकारम र दीपक होड्डा क्रिजमा थिए । अन्तिम दुई ओभरमा आठ रन चाहिएको समयमा मुस्ताफीर रहमानले चार रन मात्र दिए । अन्तिम ओभरमा पन्जाबका लागि चार रन आवश्यक थियो ।
कात्तिक त्यागीको दोस्रो बलमा मकारमले एक रन रन लिए । बाँकी चार बलमा तीन रन आवश्यक थियो । यस पछि योर्कर बल फ्याँक्न खोजेका त्यागीको बल त्यस अनुसार नभए पछि फुल टसलाई निकालोस पूरणले उपयोग गर्न सकेनन् । उनी त्यस बलमा आउट भए लगत्तै दीपक होड्डा क्रिजमा थिए भने पन्जाबलाई अन्तिम तिन बलमा तिन रन आवश्यक थियो ।
पहिलो बल डट खेलेका होड्डा अर्को बलमा स्टम्पीङ आउट भए । त्यागीले अन्तिम बल पनि योर्कर फ्याके जसलाई मकारमले रन लिन सकेनन् । ४ ओभरमा २९ रन खर्चेर दुई विकेट लिएका त्यागी अन्तिम अोभरको उत्कृष्ट बलिङका लागि म्यान अफ द म्याच भए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० औ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८५ रनको योगफल खडा गरेको थियो । राजस्थान कुनै समय २०० रनको आँकडा पार गर्ने अवस्थामा थियो । राजस्थानका एभान लेविसले २१ मा ३६ तथा यशस्वी जयसवालले ३६ मा ४९ रन प्रहार गर । यी दुईले ५.३ ओभरमा पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरे । महीपाल लोमररले १७ बलमा ४३ रन प्रहार गरे । पन्जाबका आर्सदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर पाँच तथा मोहम्मद सामीले ४ ओभरमा २१ रन खर्चेर तिन विकेट लिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८