• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

झलनाथले मानपदवी पाउँदा नेम्वाङलाइ आपत्ति !

  • खबरदाता

झलनाथले मानपदवी पाउँदा नेम्वाङलाइ आपत्ति !

असोज ३,२०७८

झलनाथ खनालले मानपदवी पाउँदा एमालेका नेता तथा पुर्ब सभामुख सुबास नेम्वाङलाइ टाउको दुखाइ भएको छ।

संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा पूर्वसभामुख नेम्वाङले आफ्नो पार्टी बिरुद्ध लाग्नेजतिले मात्र सम्मान पाएको आरोप लगाए।
त्यसमाथि पनि झलनाथ खनालले सम्मान पाएको प्रति भने उनले खुलेरै बिरोध गरे।

उनले सांकेतिक रुपमा भने, ‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो । दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो, उहाँले पाउनु भएछ ।’

खनाललाई राष्ट्र गौरव विभूषण प्रदान गर्ने निर्णय भएको छ ।

यत प्रचण्ड र माधवकुमार नेपाललाइ पनि उनले बाँकी राखेनन।प्रचण्ड र नेपाल तर्फ संकेत गर्दै नेम्वाङले भने, ‘दुई जना नेताहरु यहीं रहेर क्रियाशील हुनुहुन्थ्यो, उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनुभएछ ।’ प्रचण्ड पत्नी सीता दाहाललाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र माधव नेपालका दिवंगत पिता मंगलकुमार उपाध्यायलाई प्रवल जनसेवाश्री पदक प्रदान गरिएको छ ।

उनले आफ्नो पार्टी फुटान भुमिका खेल्ने कानुन तर्फकाले पनि सम्मानित हुने अवसर पाएको बताउँदै सबै कानुन व्यावसायिहरुलाइ पदक फिर्ता गर्न समेत अनुरोध गरे।

संविधान दिवसको अवसरमा सरकारले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेको छ, जसमा ५ पुस २०७७ को प्रतिनिधिसभा संसद विघटन बदर गर्ने संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीश परेका छन् ।

  • प्रकाशित मिति : असोज ३, २०७८, आइतवार ०७:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८