नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री दावी गरिरहेकावेला माधव नेपाललको भनाईले गठबन्धनभित्र भाँडभैलो हुने संकेत देखिएको छ ।
असोज १ ,२०७८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा आफूहरुले दुई मुख्यमन्त्री र दुईजना प्रदेश प्रमुख पाउने सहमति भएको बताएका छन् । नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री दावी गरिरहेकावेला माधव नेपाललको भनाईले गठबन्धनभित्र भाँडभैलो हुने संकेत देखिएको छ ।
नेकपा एसको प्रचार विभाग र समाजवादी प्रेस संगठन आबद्ध नेताहरुसँगको छलफलमा अध्यक्ष नेपालले जसपाले एउटा प्रदेशको मुख्यमन्त्री र एउटा प्रदेश प्रमुख पाउने सहमति भएको बताए । मुख्यमन्त्री यसअघि नै प्रदेश २ मा जसपाले पाइरहेको छ ।
प्रदेश १ मा राजेन्द्र राई र वागमतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने नेकपा एसको तयारी छ । तर कांग्रेसले पनि वागमतीमा मुख्यमन्त्री दावी गरेको छ । अध्यक्ष नेपालले संघीय सरकारमा पनि एक साताभित्र मन्त्रिपरिषद् विस्तार भइसक्ने भन्दै आफ्नो तर्फबाट कुनै बाधा नरहेको बताएका थिए । कार्यक्रममा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, नेता विरोध खतिवडा, जीवनराम श्रेष्ठ लगायतका नेता सहभागी थिए ।
सत्ता गठबन्धन भत्किन लागेपछि भट्टराईका पाँच सुझाब
पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग बिहीबार भेटवार्ता गरेका छन् । छलफलमा भट्टराईले पाँच सुझाब दिएका छन् ।
अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिने, राष्ट्रिय सहमति कायम गरी एमसिसी पारित गर्ने, प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउनेलगायतका सुझाब उनले दिएका छन् ।
यस्ता छन् भट्टराईका सुझाब
१ अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिने
२ राष्ट्रिय सहमति कायम गरी एमसिसी पारित गर्ने
३ प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने
४ गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरूले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने
५ जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८