भदौ २५,२०७८
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) चितवन जिल्लामा आफ्नो कमिटी गठन गरेको छ ।
उक्त पार्टीले शुक्रबार चितवनको भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमको आयोजना गर्दै डा . कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको हो।
जिल्ला कमिटी चितवनको उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने (लब्ली) लाइ चयन गरेको छ । यस्तै कमिटीको सचिवमा केपि लामिछाने र सह सचिवमा दिव्या शर्मा आचार्य रहेका छन्।
सो पार्टीले सबै जिल्लामा आफ्ना कमिटीलाइ पुर्णता दिने कामलाइ तिब्रता दिएको छ।
आजै पार्टीको भरतपुर महानगर कमिटी पनि गठन भएको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । महानगर कमिटीको उपाध्यक्षमा केशवराज पोख्रेल, सह सचिवमा सुवास पण्डित रहेका छन् । सचिवको नाम टुंग्याउन बाँकी रहेको उनिहरुले बताएका छन।
आज घोषणा गरिएका कमिटीहरु पार्टी दर्ता हुन अगाबै समानन्तर कमिटीका रुपमा गठन भए का थिए।
पार्टी बिभाजन पस्चात कम्युनिस्टको एक धार अझै पनि पर्ख र हेरको अबस्थामा रहेका छन।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८