भदौ १७,२०७८
भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अस्पताल माहतत सञ्चालनमा रहेको फार्मेसीमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले आज छापा मारेको हो।
अख्तियारको हेटौंडा कार्यालयबाट प्रबक्ता बिस्णु सापकोटा सहित आएको टोलीले फार्मेसी सम्बन्धि कागजात आफ्नो नियन्त्रणमा लिएको हो ।

टेन्डर एउटा फर्म संग गर्दै अर्को फर्मसंग औषधि खरिद गरेको, फार्मेसीस्ट लाई नदिइ अन्य बिभागकालाई फार्मेसीको जिम्मा दिएको , न्युनतम औषधि समेत फार्मेसीमा उपलब्ध नगराएको भन्दै अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियरको टोलिले आयोगको आवश्यक कागजात नियन्त्रणमा लिएर अन्य कुराको जानकारी लिने काम गरिरहेको छ।
अनुसन्धान पछी मात्र अनियमितता भएनभएको थाहा हुने सापकोटाले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८