भदौ १६,२०७८
प्रदेश १ का १० सांसदले नेकपा एमाले छोडेका छन।बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर उनिहरुले नेकपा एकीकृत समाजवादी पार्टीमा रह
ने गरि सनाखत गराएका छन् ।
सनाखत गर्ने सांसदहरुमा राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, गणेशकुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमकुमारी गुरुङ र सुनिता चौधरी रहेका छन।
प्रदेश १ मा एमालेका ५१ सांसद रहेकोमा १० जना नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएसँगै अब एमालेमा ४१ सांसदमात्र बाँकी छन् । प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्दछ।१० जना नेकपा एकीकृत समाजबादीमा गएपछी प्रदेश १ को सरकार अल्पमतमा परेको छ।
कर्णालीका ३ सांसद पनि एकीकृतजबा समादीमा
कर्णालीमा पनि नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
एकीकृत समाजबादी रोज्नेहरुमा मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकाया रहेका छन।
कर्णालीमा एमालेका ४ सांसद कर्बाहिमा परेपछी १६ सांसद बाकी थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८