• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

छानबिन समितिको प्रतिबेदन भन्छ : एसएसबीकै उपस्थितिमा दार्चुला घट्ना

  • खबरदाता

छानबिन समितिको प्रतिबेदन भन्छ : एसएसबीकै उपस्थितिमा दार्चुला घट्ना

भदौ १५,२०७८

दार्चुला घट्नाको अनुसन्धान गर्न गठित समितिले सरकारलाई आफ्नो प्रतिबेदन बुझाएको छ।

दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ।

मंगलबार साँझ छानविन समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिबेदन बुझाएका हुन्।

प्रतिवेदनमा उक्त घटना भारतीय सीमा सुरक्षा बल ९एसएसबी० कै उपस्थितमा घटेको उल्लेख गरिएको छ।

प्रतिबेदनमा उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कारबाही गर्न समेत प्रतिबेदन मार्फत सिफारिस गरिएको छ।

अलावा, तुइन प्रकरणमा बेपत्ता भएका जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति, राहत दिन भारतीय पक्षसँग कूटनीतिक माध्यमद्वारा पहल गर्न समितिले आफ्नो प्रतिबेदनमा उल्लेख गरेको छ।

दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए।

उक्त घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति बनाइएको थियो।

  • प्रकाशित मिति : भदौ १५, २०७८, मंगलवार १४:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८