भदौ १२,२०७८
जिल्ला प्रहरी कार्यालय चितवनले ४ दिनमा ८९ जना फरार अभियुक्त पक्राउ गरेको छ।
प्रहरीले संचालन गरेको फरार पक्राउ अप्रेसन को क्रममा भदौ ८ देखि ११ गते सम्ममा चोरी, लागू औषध, बहु बिबाह, बन पैदावार, कीर्ते, जुवा अभियोग लागि फरार रहेका पक्राउ परेका हुन ।
जस मध्ये केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद,सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा कैद तथा जरिवाना तोकिई फरार रहेका पनि छन।
पक्राउ परेकाहरुमा ८१ जना पुरूष र ८ महिला गरी जम्मा ८९ जना रहेका छन। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनको लागि सम्मानित चितवन जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८