• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढ-मुग्लिङ सडकमा पहिरो पन्छाउन सुरु

  • खबरदाता

नारायणगढ-मुग्लिङ सडकमा पहिरो पन्छाउन सुरु

 

भदौ ११,२०७८

बिहिवारबाट परेको अबिरल बर्षाका कारण अबरुद्ध भएको नारायणगढ(मुग्लिङ सडकखण्ड खुलाउन थालिएको छ।

आज बिहान ६ बजे देखि डोजर, र जेसिबीको प्रयोग गरी पहिरो पन्छाउने काम सुरु भएको चितवन प्रहरीले जनाएको छ।

उक्त सडक खण्डको सेतिदोभान,१४ किलो र ५ किलोमा पहिरो खसेर दुईतर्फी बाटो अबरुद्ध भएको थियो।

अत्याबश्यक सवारी साधनहरुले बाटो नखुलेसम्म बैकल्पिक मार्गको प्रयोग गर्न र सडकको अवस्था बुझेर मात्र यात्र गर्नका लागि पनि प्रहरीले अनुरोध गरेको छ।

  • प्रकाशित मिति : भदौ ११, २०७८, शुक्रवार ०२:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८