परिक्षण मध्ये १५.७२ प्रतिशतमा संक्रमण
भदौ ६ ,२०७८
चितवन । आज चितवनमा ८३९ जनाको पिसिआर परिक्षण गर्दा १२९ र ७ को एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ११४ , खैरहनि ४, रत्ननगर १३ र राप्ती २ संक्रमण पुष्टि भएको हो ।
चितवनका विभिन्न अस्पतालमा ५८ जनाको आइसियुमा छन। जसमध्ये १६ जनाको भेन्टिलेटर र ३४ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत २२१२ जना रहेका छन।
मृत्यु भएका मध्ये चितवन २, गोरखा २ र मकवानपुर १ जना रहेका छन।
यो संगै चितवनमा कुल मृतकको संख्या ३८१ पुगेको छ । आज चितवनमा ८६ जना संक्रमीत निको भएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८