• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने

  • खबर मुलुक

ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने

भदौ ५, २०७८

निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् । आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । माग र मुद्दाका आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ,’ भण्डारीले भने, ‘ यो सरकारलाई हामीले भोट पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ ।’ यो समाचार नागरिक दैनिकमा छ ।

  • प्रकाशित मिति : भदौ ५, २०७८, शनिवार ०१:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८