• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नेपालभन्दा ‘नेपाल’छाड्नेबाट ओलीलाई झन खतरा

  • खबरदाता

नेपालभन्दा ‘नेपाल’छाड्नेबाट ओलीलाई झन खतरा

भदौ ४,२०७८

माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि नेपालबाट हाल अलग रहेका दोस्रो पुस्ताका नेताहरु केपी ओली बिरुद्ध झन आक्रामक रुपमा प्रस्तुत भएका छन।

नेकपा एमालेका ती नेताहरुले मंगलबार सम्मको समय सिमाको अल्टिमेटम दिदै १० बुँदे सहमति कार्यान्वयन नभए नेपालको भन्दा झन खतरनाक विद्रोह हुने चेतावनी दिएका हुन । उनिहरुकै भाषामा भन्नू पर्दा पार्टीलाई कल्पनै नगरेको क्षति हुने छ ।

महाराजगन्जको एक होटेलमा ती नेताहरूको बैठकमा ओली अब पनि इमान्दार नभएमा एकताको बाटो बन्द हुने बताएका हुन। ओलीले १० बुँदेको अक्षरस पालना गरेमा नेता नेपाललाई समेत दबाब पुग्ने उनीहरुको तर्क थियो।

बैठकले दुई दिनभित्र १० बुँदे अक्षरस पालना गर्न ओलीलाई आग्रह गरेको छ । ‘१० बुँदेसँगै तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनु पर्ने र १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर अर्को बैठक बोलाउनु पर्ने उनीहरुको माग छ।

साथै उनीहरुले १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह समेत गरिएका छन।

दुई दिनभित्र अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन नगरे विद्रोह गर्ने यो समूहको चेतावनी छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘अब धेरै अलमल स्वीकार्य छैन । यदि तत्काल सहमति कार्यान्वयन भएन भने एमालेमा विद्रोह गर्छौं ।’

  • प्रकाशित मिति : भदौ ४, २०७८, शुक्रवार १५:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८