भदौ २,२०७८
देवघाटको झोलुङ्गे पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन।
बुधबार साँझ अन्दाजी ६ बजेर ४० मिनेटको समयमा नाम थर नखुलेको पुरुष भरतपुर महानगर पालिका वडा नम्बर १ देवघाट स्थित तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुलको मध्य भागबाट निज ब्यक्ति हामफालेर ब्यपत्ता भएको चितवन प्रहरीले जनाएको छ।
घट्ना भएको जानकारी पाउना साथ रबर बोट सहितको प्रहरीको उद्दार टोलीले खोजतलास गरेको थियो। अबेर सम्म खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रहरीले बताएको छ।
साथै झोलुङ्गे पुल नजिकै बेबारिसे अबस्थामा प्रदेश ३-०२ ०१० प २८२३ नं . को मोटरसाइकल फेला परेको र उक्त मोटर साइकलको बारेमा कुनै जानकारी भएमा जो कसैले पनि जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गरिदिन प्रहरीले अनुरोध गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८