• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पार्टी फुटेसंगै प्रदेश-१ र बागमतीमा पनि एमालेको सत्ता गुम्‍ने

  • खबरदाता

पार्टी फुटेसंगै प्रदेश-१ र बागमतीमा पनि एमालेको सत्ता गुम्‍ने

पार्टीमा आन्तरिक कलह बढेसँगै संघीयसहित गण्डकी र लुम्बिनी प्रदेशमा एमालेले सत्ता गुमाइसकेको छ।

भदौ २,२०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले ९समाजवादी० पार्टी दर्ता गरेका छन।

यसरी बिधिवत रुपमा एमाले फुटेपछि बाँकी रहेका नेकपा एमालेका प्रदेश–१ र बागमती प्रदेश सरकार पनि गुम्‍ने प्रायः निश्चित भएको छ ।

पार्टीमा देखीएको अन्तर कलहका कारण यसअघिनै संघिय लगायत गण्डकी र लुम्बिनी प्रदेश सरकार पनि एमालेले गुमाइसकेको छ।

यता नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रदेशमा सत्ता जोगाउनका लागि बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएका छन । ओलीले नेपाल समूहकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अगाडि बढाएका छन् । आजनै शाक्यले मुख्यमन्त्रीको सपथ खाने पक्कापक्की भएको छ।

तर शाक्यलाई ओलीले आफूतर्फ ल्याए पनि अंकगणित हेर्दा बागमतीमा एमाले सरकार नरहने देखिन्छ । बागमती प्रदेश सभामा १०९ सदस्य छन् । त्यसमध्ये एमालेका ५६ सांसद छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशमा ‘छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेमा दल त्याग गरेको मानिने छैन, भन्ने उल्लेख छ।

उनीहरूले २१ दिनभित्र एमाले वा एमाले ९समाजवादी० मध्य एक रोज्नु पर्नेछ । बागमती प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ । एमालेको सिंगो सांसद संख्या ५६ छ । दुई सांसदमात्रै नेपालको पार्टीमा गए पनि एमालेको बहुमत गुम्छ । तर अहिले प्रारम्भीक तथ्यांकमा पनि २२ सांसद नेपालको पक्षमा रहेको नेपाल समूहका नेताहरू बताउँछन् । यी सांसदले ओली रोज्छन् कि नेपाल भन्ने २१ दिन पछि मात्रै खुल्नेछ ।

प्रदेश(१ मा मुख्यमन्त्री शेरधन राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी छ । मुख्यमन्त्री बन्ने लोभमा आचार्यले नेपाललाई छोडेका छन् । तर, त्यहाँ पनि बहुमत गुम्‍ने निश्चित भएको छ ।

प्रदेश(१ मा सांसद संख्या ९२ छ । त्यसमा एमालेका सांसदको संख्या ५१ छ । यो पनि एमालेको एकल बहुमत हो । बहुमत रहन एमाले ४७ सांसद चाहिन्छ । नेपाल समूहलाई ५ सांसदले रोजे भने मात्रै पनि एमालेको बहुमत गुम्छ । तर, प्रारम्भीक तत्यांक अनुसार नेपाल समूहमा १५ सांसद रहेका सो समूहका नेताहरूले दाबी गरेका छन् । यी सांसदले ओली रोज्छन् कि नेपाल भने २१ दिनपछि मात्रै खुल्नेछ ।

  • प्रकाशित मिति : भदौ २, २०७८, बुधवार १५:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८