• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

‘पटक पटक अवसर, पटक पटक असक्षम’

  • खबरदाता

‘पटक पटक अवसर, पटक पटक असक्षम’

सर्बोच्चको आदेसमा देउवा प्रधानमन्त्री बनेको शुक्रबार एक महिना पुगेको छ।

साउन ३०,२०७८

नेपाली राजनीतिमा शेरबहादुर देउवा मात्र त्यस्ता पात्र हुन्, जसले राजनीतिमा खासै धेरै दुस्ख गर्नुपरेन । गिरिजाप्रसाद कोइरालासँग जोरी खोज्नेबाहेक खासै संघर्ष पनि गर्नुपरेन । अन्य नेताहरूभन्दा विशेष क्षमता भएका व्यक्ति पनि होइनन्। तर बारम्बार अवसर पाइरहे र हरेक अवसरलाई उनले आफूलाई अक्षम प्रमाणित गरिरहे ।

पछिल्लोपल्ट सर्वोच्च अदालतको आदेशमा २९ असारमा देउवा प्रधानमन्त्री नियुक्त भए। शुक्रबार एक महिना पूरा भएको छ। एक महिनामा उनले गरेको एक मात्र काम हो विवादास्पद व्यापारी उमेश श्रेष्ठलाई विद्यमान संकट व्यवस्थापनको केन्द्रीय भूमिका रहेको र तजबिजी बजेट धेरै भएको मन्त्रालयको जिम्मा दिनु । समयको संवेदनशीलता बुझेर गठबन्धन सरकारलाई पूर्णता दिन देउवा असफल भएका छन् । यसबीचमा पनि अहिलेको महत्त्वपूर्ण आवश्यकता कोरोनाविरुद्धको खोप व्यवस्थापनमा लाग्नुर्ने हो । तर ओली सरकारले जोहो गरिदिएको खोप समेत नलगाइदिएर भण्डारमा थन्क्याइएको छ ।

सरकारले परराष्ट्र नीतिमा त छन् सर्वथा लहडीपन अपनाइरहेको छ । कतिसम्म भने भारतसँग सीमा समस्या छ तर चीनतर्फ अध्ययन कार्यदल बनाउँदै छ । एमसीसीलाई लिएर गठबन्धनभित्रै सहमति कायम गर्न सकेको छैन । महाकालीमा नेपाली युवकलाई तुइनबाट खसाएर भारतीय सुरक्षाकर्मी बर्दीधारीले आततायी बर्बरता देखाउँदा पनि एक शब्द सरकारले विरोधको स्वर निकाल्न सकिरहेको छैन । प्रत्यक्षदर्शीले सबै विवरण दिइसक्दा पनि समय पर धकेल्न र विषवस्तु ढाकछोप गर्न छानबिनको नाटक गरी म्याद थप्दै आफू उम्किँदै गएको छ।

सरकारले अघिल्लो सरकारको प्रतिशोधमा काम गरेको, साझा न्यूनतम कार्यक्रममार्फत सरकार सञ्चालनको मार्गचित्र प्रस्तुत गरेको भए तापनि यसलाई कार्यान्वयनको विषय अस्पष्टलगायतलाई भनेर सरकरको एक महिनामै नकारात्मक टिप्पणी हुन थालिसकेको छ । एक महिना भइसक्दा पनि तीन पार्टीले सरकारलाई पूर्णता दिन सकेनन् । महामारीको समयमा सरकार अपूरो हुनुको असर मुलुकले व्यहोर्नुपरेको छ।

देउवाको धेरै समय माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको घर धाउँदैमा बितेको छ । यसले उनलाई बिस्तारै कठपुतली प्रधानमन्त्रीमा रूपान्तरित हुँदै छन् । देवी ज्ञवालीको अध्यक्षतामा बनेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णयले देशभरका भूमिहीन, सुकुमवासी र दलितको मन दुस्खाएको छ । जनतालाई तत्काल राहतका कार्यक्रम ल्याउनेतर्फ कुनै सोचविचार नै गरेको छैन । गरी खाने वर्ग चरम निचोराइमा परेको छ भने हुनेखानेहरूको सेवामा मात्र सरकारको ध्यान गएको छ । यसले यो सरकार कुन वर्गको सेवा गर्न आएको हो भन्ने पर्याप्त संकेत दिएको छ ।

देउवाले अर्को अक्षमता पार्टीमा प्रदर्शन गरिरहेका छन् । केन्द्रीय नेतृत्वको डेढ वर्ष म्याद थप्दा पनि महाधिवेशनको अत्तोपत्तो छैन । नेपालकै पुरानो लोकतान्त्रिक भनिने पार्टी वैधानिकताको संकटमा फस्दैछ । कांग्रेसको शून्यकरण गर्न स्वयं सभापति देउवा नै लागिपरेको आरोप पार्टीमा जबरजस्त उठिरहेको छ । पार्टीका भातृ संगठन सबै अस्तव्यस्त र नेतृत्वहीन बनाइएको छ । यो अहिले एकैपटक आएको अवस्था होइन । लामो समयदेखि सुविचारित ढंगले भएको देखिन्छ ।

देउवाले २०४७ सालको संविधान र व्यवस्था नै असफल बनाउने गरी संसदी व्यवस्थालाई विकृत र बदनाम बनाए । प्रजातन्त्रलाई दरबारमा बुझाए । राजा ज्ञानेन्द्रले दुई-दुईपटक अक्षम घोषणा गरे । अब आफ्नो अक्षमताको ढाकछोप गर्न गणतन्त्रलाई कहाँ बुझाउँछन् भन्ने चिन्ता थपिएको छ ।

  • प्रकाशित मिति : साउन ३०, २०७८, शनिवार १०:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८