• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दाङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु


दाङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

साउन १०, २०७८

दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो । मृतक रानाको शव शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।रासस

  • प्रकाशित मिति : साउन १०, २०७८, आइतवार ०७:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८