• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जापानमा ओलम्पिक खेलकुद सुरु

  • खबरदाता

जापानमा ओलम्पिक खेलकुद सुरु

साउन ९,२०७८

३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद औपचारिक रूपमा सुरु भयो । ओलम्पिक खेलकुदको जापानको राजधानी टोकियोमा शुक्रवार उद्घाटन भएको हो । उद्घाटन समारोहमा जापानकी टेनिस खेलाडी नाओमी ओसाकाले टर्च प्रज्वलन गरेकी थिइन् । उद्घाटन समारोहमा बोल्दे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले यो खेल महोत्सवलाई आशाको क्षणको रूपमा व्याख्या गरेका छन् ।

प्रतियोगिताको दौरान पनि मास्कको प्रयोग, नियमित पीसीआर परीक्षण र रित्तो रङ्गशालाका माझ यो खेल आयोजना हुने भएको छ।

ओलम्पिकको उद्घाटन समारोह भई रहँदा पनि जापानमा विरोध भने जारी रहेको छ । चिकित्सक र वैज्ञानिकहरूले यो महोत्सवका कारण जापानमा कोरोना महामारीले विकराल रूप लिन सक्ने चेतावनी दिनुका बाबजुद प्रतियोगिता भएको हो ।
उद्घाटनको क्रममा ओलम्पिक आयोजक कमिटीका अध्यक्ष साइको हासीमोतोले यहाँ भविष्य प्रतिको दृष्टिकोण रहेको टिप्पणी गरेका छन् ।

संसार भरका ९५० जना विशिष्ट अतिथि ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा आमन्त्रित थिए । प्रतियोगितामा २०६ टोलीको सहभागिता रहेको यस महोत्सवको उद्घाटन समारोहमा प्रथम अमेरिकी महिला जिल वाइडेन र फ्रान्सेली राष्ट्रपति एमानुएल मार्कोन उपस्थित थिए ।

यस ओलम्पिकमा सहभागी पाँच जना नै नेपाली वाइल्ड कार्ड मार्फत सहभागी हुन लागेका हुन् । कुनै पनि नेपाली खेलाडी प्रतियोगितामा सहभागी हुने योग्य नठहरिए पनि वाइल्ड कार्ड मार्फत सहभागिताको अवसर दिइएको हो । पदकको नजिक पुग्ने सम्भावना नै नभएका सीमित देश मध्य एक नेपाल हो ।

  • प्रकाशित मिति : साउन ९, २०७८, शनिवार ०१:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८