साउन ४,२०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएसँगै प्रतिनिधिसभाबाट पुरा कार्यकालाका लागि शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।उनलाई अब कुुनै पनि घटनाले रोक्ने छैन भने यहि सरकारले अर्को पाँच वर्षको लागि निर्वाचन गराउने छ । यदि आइतबार देउवाले विश्वासको मत नपाएको भए सरकार बन्ने बाटो सबै सकिएसँगै सरकार चुनाब जान बाध्य हुने थियो । नभए संसद तेस्रोपटक पनि विघटन भएर जाने संकते पनि देखिएको थियो।
जुन तेस्रो पटक विघटन हुनबाट जोगिएको छ । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले आइतबार संसदमा विश्वासको मत लिएका थिए । उनलाई १ सय ६५ सांसदले समर्थन जनाएसँगै संसदको आयु लम्बिएको छ । देउवाले विश्वासको मत नपाएको खण्डमा संविधानको धारा ७६ को उपधारा ७ अनुसार संसद संवैधानिक रूपमै विघटन हुन सक्थ्यो ।
यसअघि संवैधानिक रूपमा संसदको पूर्ण अवधि पाँच वर्ष तोकिए पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेका थिए । संविधानको धारा ८५ मा प्रतिनिधिसभाको कार्यकालसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ’यस संविधानबमोजिम अगावै विघटन भएकोबाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ ।’
पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापन गर्न नसक्दा ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ मा संसद विघटन गरेका थिए । उनले गरेको विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुन २०७७ र २८ असारमा २०७८ मा प्रतिनिधिसभा ब्युँताएको थियो ।
संसद् विघटनका लागि संविधानको धारा ७६ (१) देखि धारा ७६ (७) सम्मको सम्पूर्ण प्रावधानको पालना हुनुपर्ने ११ फागुनमा सर्वोच्चले प्रतिनिधिसभा विघटनको सरकारको निर्णय बदर गर्दा व्याख्या गरेको थियो ।
संविधानको धारा ७६ (७) मा भनिएको छ, ’धारा ७६ (५) अनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’
पहिले संसद विघटन गर्दा ओली संविधानको धारा ७६ (१) अनुसारका प्रधानमन्त्री थिए । बहुमतको सरकारले संसद विघटन गर्न नपाउने संवैधानिक मर्म भए पनि उनले पार्टीभित्रको आन्तरिक किचलोका कारण सत्तासंकट निम्तिएपछि संसद नै विघटन गरेका थिए ।
सर्वोच्चले २३ फागुन २०७७ मा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउँदै एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । त्यसपछि उनी संविधानको धारा ७६ (२) अनुसार गठबन्धन सरकारको प्रधानमन्त्री बनेका थिए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओलीले विश्वासको मत लिए । ओलीलाई माधव नेपालनिकट सांसदले असहयोग गरेपछि उनले ९३ मत प्राप्त गरेका थिए । त्यसपछि अन्य दलले सरकार गठन गर्न नसकेपछि ओली नै संविधानको धारा ७६ (३) अनुसार ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका थिए ।
त्यसपछि उनले संविधानको धारा ७६ (४) अनुसार संसदमा विश्वासको मत लिनुपर्ने अनिवार्य प्रक्रियालाई उल्लंघन गर्दै संविधानको धारा ७६ (५) को प्रक्रियामा प्रवेश गरे । यसमा राष्ट्रपतिसमक्ष देउवाले १ सय ४९ सांसद र ओलीले १ सय ५३ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । राष्ट्रपतिले स्वविवेकीय अधिकार प्रयोग गर्दै दुवै दाबीमा आधार नदेखिएको भन्दै दाबी खारेज गरिदिइन् ।
मन्त्री व्यवस्थापनमा सकस
विश्वासको मत पाएसँगै देउवाका लागि सबैभन्दा टंकारो विषय बनेको मन्त्रीहरुको व्यवस्थापन संविधान अनुसार २५ जना भन्दा बढी मन्त्री नियुुुक्ती गर्न पाइने छैन । २५ जना अहिले ४ जना मन्त्री भएका छन् । माओवादीबाट, अर्थमन्त्रीमा जनार्जन शर्मा, र उर्जा मन्त्रीमा पम्फा भुुसाल रह्ेका छन् भने बाल कृष्ण खाँडलाई गृह र कानुुन मन्त्रीमा राम कार्की बनेका छन् । अब भने देउवाले जसपाका नेताहरुलाई पनि मन्त्री बनाउनुपहिलो दायित्व हुने छ भने माधव नेपाल समूूहका नेता यदि पार्टी फुुटेको अवस्थामा स्वत सरकारमा गएको खण्डमा मन्त्रालय भाग लगाउनु पर्ने हुन्छ । मन्त्री बन्न आंक्षकि धेरै भएकाले कसरी देउवाले व्यवस्थापन गर्छन त्यो भने हेर्न बाँकि रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८