• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमालेको माधव पक्ष बिनै देउवालाई बहुमत !

  • खबरदाता

एमालेको माधव पक्ष बिनै देउवालाई बहुमत !

साउन ३,२०७८

नेकपा एमालेको माधब कुमार नेपाल पक्षको मत बिनै पनि प्रधानमन्त्री शेर बहादुर देउवालाई बहुमत पुग्ने भएको छ ।

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेकोपछी एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ ।

यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ ।

विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ । माधव नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।

  • प्रकाशित मिति : साउन ३, २०७८, आइतवार १२:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८