• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको एक फर्निचर पसलमा आगलागी

  • खबरदाता

भरतपुरको एक फर्निचर पसलमा आगलागी

साउन ३,२०७८

चितवनको भरतपुरमा रहेको एक फर्निचर पसलमा आगलागी भएको छ ।

आइतबार दिउँसो करिब १ बजेर १० मिनेटको समयमा भरतपुर महानगर पालिका ४ दुर्गाचोकमा रहेको तेज ईन्टरप्राईजेज फर्निचरमा आगलागि भएको चितवन प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय र भरतपुर महानगर पालिकाको २ वटा, खैरहनी नगरपालिकाको १ वटा गरी जम्मा ३ वटा दम्कलको सहयोगमा आगो निभाउने कार्य भई रहेको छ ।

विद्युत सर्ट भइ आगोलागेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । बिस्तृत बिबरण आउन बाकी छ ।

  • प्रकाशित मिति : साउन ३, २०७८, आइतवार ०९:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८