• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु


चितवनमा ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु

साउन ३, २०७८

खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ त ३१५२ नंको ट्रयाक्टर पल्टिँदा ट्र्याक्टर चालक मगर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस

  • प्रकाशित मिति : साउन ३, २०७८, आइतवार ०८:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८