• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जीडीपीलाई बैंकहरूको कुल निक्षेपले उछिन्यो


जीडीपीलाई बैंकहरूको कुल निक्षेपले उछिन्यो

साउन १, २०७८

पछिल्लो समय बैंक तथा वित्तीय संस्थासँग भएको कुल निक्षेपको आकार कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० भन्दा बढी देखिएको छ । कुल कर्जा र बजार पूँजीकरण पनि जीडीपीको आकारलाई टक्कर दिनेतर्फ अग्रसर भएको देखिन्छ ।

केन्द्रीय तथ्यांक विभागको आर्थिक वर्ष (आव) २०७७र७८ को प्रारम्भिक आँकडाअनुसार नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब छ । तर, बैंक तथा वित्तीय संस्थाहरूको चालू आवको जेठसम्ममा कुल निक्षेप संकलन ४५ खर्ब १० अर्ब पुगेको छ । जीडीपीभन्दा बैंकहरूको निक्षेप ५ दशमलव ७२ प्रतिशतले बढी भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले चालू आवको जेठसम्मको निक्षेपलाई आव २०७६र७७ को जीडीपीसँग तुलना गर्दा जीडीपीभन्दा निक्षेप १४ दशमलव ३४ प्रतिशत बढी रहेको देखाउँछ । गत आवको जीडीपीको आकार चालू आवभन्दा कम अर्थात् रू। ३९ खर्ब ४३ अर्ब हाराहारीमा रहेको थियो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निक्षेप रू।३९ खर्ब ९३ अर्ब ८९ करोड रहेको छ । यस्तै, १८ ओटा विकास बैंकको कुल निक्षेप ४ खर्ब १५ अर्ब ७६ करोड रहेको छ भने २० ओटा वित्त कम्पनीहरूको निक्षेप रू। १ खर्ब ७२ करोड रहेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : साउन १, २०७८, शुक्रवार ०१:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८