• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा माछा मार्न भन्दै ह्यूम पाइपमा पसेका पुरुषको मृत्यु

  • खबरदाता

चितवनमा माछा मार्न भन्दै ह्यूम पाइपमा पसेका पुरुषको मृत्यु

असार २७,२०७८

चितवनमा माछा मार्ने क्रममा ह्यूम पाईमा पसेका १ पुरुषको मृत्यु भएको छ ।

भारतपुर महानगरपालिका ३ को बाह्रघरेमा ढलनिकासको लागि नारायणी नदि सम्म लैजान जमिनमुनी गाडीएको ह्यूम पाइपमा माछस मार्न भन्दै छिरेका सोही स्थानका बर्ष ३५ का लाल बहादुर श्रेष्ठको मृत्यु भएको हो।

आइतबार बिहान करिब साढे ९ बजेको समयमा माछा मार्न भन्दै उनी ढलमा पसेका थिए ।उनी भित्रै फसेपछी वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरिक्षकको कमाण्डमा गएको टोली र सडक कार्यालयको जेसिबिको सहायतामा १२स्२५ बजेको समयमा मृत अबस्थामा उद्दार गरिएको चितवन प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : असार २७, २०७८, आइतवार ०९:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८