• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काँग्रेस महाधिवेशन :समूहगत व्यवस्थापनमा सकस


काँग्रेस महाधिवेशन :समूहगत व्यवस्थापनमा सकस

असार २७, २०७८

नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४ औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा एक जना उम्मेदवार बनाउन चुनौती चुलिँदै गएको छ ।

विगतमा आफ्नो समूहभित्र एकल नेतृत्व गर्दै आउनुभएका सभापति देउवालाई यसपटक उपसभापति विमलेन्द्र निधिले संस्थापन समूहभित्रै चुनौती दिँदै देउवालाई नछाड्ने घोषणा गरिसकेका छन् ।

अघिल्लो महाधिवेशनमा देउवा आफ्नो समूहका सर्वसम्मत उम्मेदवार हुँदा पहिलो चरणमा विजय हासिल गर्न नसकी निकटतम प्रतिद्वन्द्वी पौडेललाई दोस्रो चरणमा पराजित गरेका थिए । पहिलो चरणमा बहुमत ल्याउन नसके पहिलो र दोस्रो स्पर्धीबीच अर्को चरणको निर्वाचन हुने विधान काँग्रेसमा रहेको छ । पहिलो स्पर्धामा तेस्रो हुनुभएका कृष्णप्रसाद सिटौलाले दोस्रो चरणमा देउवालाई समर्थन गरेका थिए ।

अघिल्लो महाधिवेशनमा तत्कालीन संस्थापन पक्षको नेतृत्व गर्नुभएका वरिष्ठ नेता पौडेललाई यसपटक सबैभन्दा चुनौती हुने देखिएको छ । यसअघि पौडेललाई नेता मानेका नेता डा। शशाङ्क कोइराला, प्रकाशमान सिंहले यसपटक पौडेल नभई आफूहरू नै उम्मेदवार बन्न लगातार बैठक गर्न थालेका छन् ।

त्यसबाहेक शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताले पनि सभापति बन्न आफ्नो समूहभित्र ुलबिङ’ सुरु गरेपछि समूहभित्रकै व्यवस्थापन फलामको चिउरा भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • प्रकाशित मिति : असार २७, २०७८, आइतवार ०१:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८