• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणगढमा ट्रक र स्कुटर ठोक्किदा एकको मृत्यु एक घाइते

  • खबरदाता

नारायणगढमा ट्रक र स्कुटर ठोक्किदा एकको मृत्यु एक घाइते

असार २४,२०७८

चितवन ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन।

स्कुटरमा पछाडि बस्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ की विणु दवाडीको मृत्यु भएको छ भने सोही स्थानकी चालक जस्मिन न्यौपाने घाइते भएकी छिन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणढको पुल्चोकमा गैंडाकोटबाट चौबीसकोठी तर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भिर घाईते दवाडीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा सवा दुईबजे मृत्यु भएको हो । चालक न्यौपानेको सोही अस्पतालमा उपचार भईरहेको छ ।

उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन । दुर्घटना करीब दिउसो पौने एकबजे भएको थियो ।

  • प्रकाशित मिति : असार २४, २०७८, बिहीवार ११:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८