असार ९,२०७८
सरकारले पुन: पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
बुधबार राती १२ बजेबाट लगु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल तथा डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको छ।
मुल्य बढेसंगै अब पेट्रोलको १२७ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय समेत निगमले गरेको छ ।
घट्दा मूल्य नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउादै लगातार मूल्य बढाइरहेको छ। गत जेठ २२ गते निगमले पेट्रोल, डिजेलरमटितेल तथा हवाई इन्धन (आन्तरिक)को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।
निगमले डलरसँग नेपाली मुद्राको अववमूल्यनका कारण भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८