आज १९.५० प्रतिशतमा संक्रमण।
असार ९ ,२०७८
चितवन । आज एकै दिनमा ३५४८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ६८ हजार ४३० रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ५६ हजार ८९१ पुगेको छ ।
देश भर ७४६१ को पिसिआर परिक्षण गर्दा १५११ र ४९५३ जनाको एन्टिजेन परिक्षण गर्दा ९१० जना गरि कुल २४२१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०४ जना रहेका छन् ।
आज चितवनका २ सहित थप ८१ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८९४ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८