आज २०.५२ प्रतिशतमा संक्रमण।
असार ५ ,२०७८
चितवन । आज एकै दिनमा ३६६० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ५३ हजार ३४२ रहेको छ । यो ८९ .३ प्रतिशत हो।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।
देश भर ७०१० को पिसिआर परिक्षण गर्दा १६८८ र ४६८६ जनाको एन्टिजेन परिक्षण गर्दा ७१३ जना गरि कुल २४०१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ५४ जना रहेका छन् ।
आज चितवनका १ सहित थप ३४ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८६७५ पुगेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८